मोटरसाइकलको ठक्करबाट साइकल यात्रुको मृत्यु

राजविराज, २४ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १ स्थित लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।

स.१० प. ८४९८ नम्वरको मोटरसाइकलको ठक्करबाट शुक्रवार राती साईकल यात्रु शम्भुनाथ नगरपालिका वडा नम्वर १ निवासी ३५ वर्षिय देवनाथ यादवको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट उनको तत्कालै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नम्वर ७ का २६ वर्षिय अमृत चौधरीको टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेको छ । उपचारकोलागि युनिक अस्पताल रुपनी पठाईएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस