प्रेमिकाको कोठामा अचेत भेटिएका युवकको मृत्यु

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका २० वर्षीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका अमित चौधरी रहेका छन्। प्रहरीका अनुसार बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

युवकको मृत्युको कारण हालसम्म खुलेको छैन। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Image: Om Prakash Yadav

Author:



क्याटोगरी छान्‍नुहोस