छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

राजविराज । सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा कात्तिक २९ गते आइतबारका साथै ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने जनाएको हो ।

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ । यही परम्परालाई ध्यानमा राख्दै सरकारले छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस