रसुवाको बाढीमा बेपत्ता सप्तरीका ५२ जनाको नाम सार्वजनिक (हेर्नुहोस् सूची)

राजविराज । रसुवाको भेटेकोसीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका सप्तरीका ५२ जनाको विवरण सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बेपत्ता व्यक्तिहरूको विवरण यकिन गर्दै नामावली सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका विभिन्न १४ स्थानीय तहका बासिन्दा बाढीमा परी बेपत्ता भएका हुन् ।

प्राप्त नामावलीअनुसार शम्भुनाथ नगरपालिकाका सुरेन्द्र देव चौधरी, दिपेन्द्र चौधरी, हृदयनारायण चौधरी, रमेशकुमार चौधरी, त्रिभुवन मण्डल, प्रेमसागर चौधरी, पिताम्बरप्रसाद दास, ओमप्रकाश चौधरी र राजन चौधरी छन् ।

खडक नगरपालिकाका सुरज मण्डल, राज पासवान, हेमनारायण साह, शिवकुमार पासवान, अनिलकुमार चौधरी, गीता कुमारी राम, सन्तोष चौधरी र प्रवेशकुमार चौधरी बेपत्ता भएका छन् । यसैगरी सुरुङ्गा नगरपालिकाका सरोज चौधरी, गीता कुमारी राम र वियन्सकुमार राम तथा राजविराज नगरपालिकाका रोशन यादव, सुरेश सदा, शिवकुमार सदा र बेचुन सदा सूचीमा छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका दिलिपकुमार मण्डल, मनिषकुमार मण्डल, अभिषेक सिंह र राजमणि साह हलुवाई तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अनिलकुमार विश्वकर्मा र ललितकुमार चौधरी पनि बेपत्ता भएका छन् । विष्णुपुर गाउँपालिकाका इन्जिनियर अजयकुमार यादव र ओमनारायण यादव, महादेवा गाउँपालिकाका सन्तोषकुमार यादव, इन्द्रनारायण इसर र देवकुमार इसर तथा राजगढ गाउँपालिकाका राजिवकुमार सिंह र विजयकुमार यादवको नाम सार्वजनिक गरिएको छ ।

तिरहुत गाउँपालिकाका अशोक यादव र रविन्द्रकुमार यादव, डाक्नेश्वरी नगरपालिकाका निशितकुमार पासवान, अखलेशकुमार पासवान र अभिनाशकुमार पण्डित तथा कञ्चनरूप नगरपालिकाका मुकेशकुमार सदा, विनोदकुमार सदा, अमरकान्त चौधरी र नवीन श्रेष्ठ पनि बेपत्ताको सूचीमा छन् ।

त्यस्तै, सप्तकोसी नगरपालिकाका देवानन्द चौधरी तथा बोदेबर्साइन नगरपालिकाका देवकुमार यादव, शिवकुमार यादव र सचितकुमार यादवसहित ५२ जनाको नाम प्रशासनले यकिन गरेको जनाएको छ ।
यकिन गरिएको नामावली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ । File picture

सूची हेर्नुहोस् 

 

Author:



क्याटोगरी छान्‍नुहोस