राजविराज । छठ पर्वको आगमसँगै सामाजिक सेवाको भावनाका साथ साहित्यकार तथा समाजसेवी करुणा झाले राजविराजका ५० जना व्रतालु महिलालाई सारी वितरण गरेकी छन् ।
छठ पर्व मनाउने ब्रतालु महिलाहरूको उत्साह बढाउनुका साथै धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले उनले सारी वितरण गरेकी हुन् । छठ पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक भएको बताइन् । यस पर्वले धार्मिक विश्वासलाई मजबुत बनाउनुका साथै महिलाहरूमा आत्मबल, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने उनको भनाइ थियो ।
उनले चाडपर्वको खुसी एकअर्कासँग बाँड्नु नै सामाजिक सद्भाव र मानवीय सेवाको सुन्दर अभ्यास भएको उल्लेख गरिन् । साहित्यिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय झाले विगतदेखि नै छठ पर्वलगायत विभिन्न धार्मिक तथा विपदमा सहयोग गर्दैआएकी छिन् ।