सप्तरीमा भदौ २ गतेसम्मकालागि पुनः थपियो निषेधाज्ञा

राजविराज, २५ साउन । कोभिड १९ को संक्रमणको अवस्था एवम् जोखिम विष्लेषणका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी भदौ २ गतेसम्मकालागि पुनः निषेधाज्ञा थप गरेको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतवार बसेको संयुक्त बैठकले सप्तरी जिल्लाभरी लागु हुने गरी भदौ २ गते रातिसम्मकालागि निषेधाज्ञालाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निषेधाज्ञा पालना गराउनमा साथ दिएको भन्दै जिल्लावासीलाई धन्यवाद दिँदै कृष्णाष्टमी लगायतका कुनै पनि पर्व धार्मिक पर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी घरमै सुरक्षित साथ मात्र मनाउन अनुरोध गरेको छ ।

यसअघि जिल्लाभरि साउन २० गते विहानदेखि लागू हुने गरी साउन २६ गते साँझसम्मकालागि निषेधाज्ञा जारी गरिएको थियो । यसअघि साउन १९ गतेसम्म राजविराज नगर क्षेत्रभरि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको थियोे ।

Author:



क्याटोगरी छान्‍नुहोस