नेपालमा थप दुईको मृत्यु, मृतकको संख्या ७५ जना पुग्यो

जनकपुरधाम। कोेरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुषको शनिवार (साउन २४ गते) राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारका क्रममा मृत्यु भएको हो । मधुमेहको रोगको समस्या रहेको उनमा गत साउन १७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षकी एक महिला मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ । ती महिलामा साउन २५ गते कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

उनका अनुसार गत साउन २४ गते बिहान साढे १ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो । ती महिलामा हाइपोथइरोडिजमको समस्या समेत रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस