हजार रुपैयाँमा हत्या गरिएका रोशनको परिवारलाई राहत

लहान, २५ साउन । सिरहाको लहान नगरपालिका १, मटियर्वाका १८ वर्षीय रोशन रामलाई गत असार २७ गते एक हजार रुपैयाँ सापटी लिएको निहुँमा हत्या पश्चात पारिवारलाई छाक टार्न समस्या भएको थाहा पाएपछि एक दम्पत्तीले सहयोग गरेका छन् ।

लकडाउनका चर्चित समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले एक बोरा चामल, दाल, नुन र तेल बोकेर रोशनको परिवारलाई हस्तान्तरण गरेका हुन् । रोशनले आफ्नी कान्छी बहिनी गंगाको विवाह र घर बनाउने उदेश्यले विदेश जान पासपोर्ट बनाएका थिए । विदेश जान उनी काठमाडौं पनि पुगेका थिए । तर, लकडाउन लागेपछि उनी घर फर्केका थिए ।

साथीहरूसँग सिमापारी घुम्न गएकोबेला प्रहरीले लागु औषध मुद्दामा पक्रा उगरी थुनामा राखेका थिए । प्रहरीले दश हजार धरौटी तोकेको थियो । परिवारले त्यो रकम तिर्न नसक्दा रोशन ३५ दिन थुनामै बसे । असार १० मा बुवा सिफैत रामले ऋण काढेर रोशनलाई छुटाएका थिए ।

थुनामै मिर्चैयाका सुरेन्द्र यादवसँग उनले एकहजार सापटी लिएका थिए । सापटी पैसा लिन सुरेन्द्रको भाई जयकुमार यादव र मुकुन्द कटुवाल रोशनको घरमा आउँथ्यो । तर, रोशनको परिवारलाई लेनदेनको कुरा थाहा थिएन ।

असार २६ गते जय र मुकुन्द रोशनको घरमा आएर रोशनले आफ्नो एकहजार रुपैया सापटी लिएको भनेर धम्की दिएका थिए । त्यो दिन रोशन घरमा थिएन । २७ गते जय र मुकुन्द रोशनलाई ससुराली घुम्न जाउँ भनेर बाइकमा बोकेर मिर्चैया तिर लगेका थिए । रोशनको ससुराली जय र मुकुन्दकै गाउँमा हो । सुरेन्द्र, जय र मुकुन्द मिलेर सोहीदिन रोशनलाई मिर्चैया नगरपालिका ९, बसहा खोलाको कासघारीमा ३० गते प्रहरीले बेवारिसे शव फेला परेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस