लौनियाँका एक हजार व्यक्तिलाई मास्क र सावुन वितरण

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा एक हजार जनालाई मास्क तथा साबुन वितरण गरिएको छ ।

नेपाली कांग्रेसका क्षेत्र नं.२ का क्षेत्रीय सचिव अरुण कुमार मण्डलले सो ठाउँका एक हजार थान मास्क तथा एक हजार थान सावुन वितरण गरेका हुन् । मास्क वितरण गर्दै उनले कोरोना भाइरसबाट बच्न र बचाउनकालागि थप सतर्कता अपनाउन आग्रह गरे ।

मास्क वितरणमा कार्यक्रममा संविधान सभा सदस्य शकलदेव सुतिहार, नेपाली काँग्रेस सप्तरीआवद्ध नेता रामदेव साह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस