विश्वभरि कोरोना संक्रमणले ७ लाख १६ हजारबढीको मृत्यु

जनकपुरधाम । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख १६ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका हालसम्म विश्वभरि ७ लाख १६ हजार ७५ को मृत्यु भइसकेको हो । जसमा सबैभन्दा बढी अमेरिकामा संक्रमणबाट मृत्यु भएको छ भने दोस्रोमा ब्राजिल रहेको छ । २ सय १६ वटा देशमा संक्रमण फैलिसकेको छ ।

हालसम्म संक्रमितको संख्या एक करोड ९१ लाख ८७ हजार ९४३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस