दश वटा सिमा नाकाबाट मात्रै नेपाल प्रवेश पाउने सरकारको निर्णय

जनकपुरधाम । अब १० वटा सिमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने सरकारले निर्णय गरेको छ । यसअघि भने २० वटा सिमा नाकाबाट नेपाल प्रवेश पाउने व्यवस्था गरिएको थियो ।

गत जेठ १२ गते मन्त्रिपरिषद्ले २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेकोमा पछिल्लो केहीदिन यता कोरोना भाइरस संक्रमणको अवस्था बढेको भन्दै सोमबारको बैठकले त्यसलाई संशोधन गरिएको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अवदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको जानकारी दिए ।

यी सिमा नाकाबाट प्रवेश पाउनेछः

-झापाको काकडभिट्टा
-मोरङको रानी
-सिरहाको माडर
-रौतहटको गौर
-पर्साको वीरगंज
-रुपमन्देहीको बेहलिया
-कपिलवस्तुको कृष्णनगर
-बाँकेको जमुनाहा
-कैलालीको गौरीफण्टा
-कन्चनपुरको गड्डाचौकी

        भदौ ३१ गते मध्यरात सम्मकालागि नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दुमा आवागमन स्थगित गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । तर मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजिकरण गर्नै सम्बन्धी आदेश २०७७ बमोजिम स्थलमार्गमा तोकिएको नाकाबाट आउन र मालसामान ढुवानी गर्ने मालबहाक साधनलाई आउन दिने र यस आदेशको पालना नगरी आउनेलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस