प्रदेश २ मा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेशमा संक्रमितको संख्या छ हजार ६८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । जसमा सबैभन्दा बढी पर्सामा ६५, रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा हालसम्म ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस