पत्रकारको परिवारमाथि हातपातको घटनाप्रति खेद व्यक्त

राजविराज, २७ साउन । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ समितिका सहसचिव परिष कुमार कर्णको परिवारमाथि भएको हातपातको घटनाप्रति विभिन्न संघसंस्थाले खेद व्यक्त गरेका छन् ।

एक युवाको अन्तिम संस्कारकोलागि हिडेको मलामीको तस्वीर खिचेकै कारण पत्रकार कर्णको परिवारमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक भएको भन्दै प्रेस नेपाल र प्रेस युनियन सप्तरीले प्रेस विज्ञप्तिमार्फत भत्र्सना गरेका छन् । निषेधाज्ञाका बिच ठूलो संख्यामा मलामीको भिड देखेपछि पत्रकार कर्णले तस्वीर खिंचेको र सोही कारण मलामीमा सहभागी मध्ये केही व्यक्तिले पत्रकार कर्णको आमा र भाइलाई हातपात गर्नेहरुमाथि कार्वाहीको माग गरिएको छ ।

प्रेस नेपाल सप्तरीका कार्यवाहक अध्यक्ष बृजमान तामाङ्ग र युनियनका जिल्ला सचिव शैलेन्द्र कुमार सिंहले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न भएका पक्षका अगुवाहरुलाई पनि यसतर्फ गम्भिर हुन ध्यानाकर्षण गराउँदै कुटपीटमा संलग्न भएकाहरुमाथि कार्वाहीको माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस