सप्तरीमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या तीन जना पुग्यो

राजविराज, २७ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थय कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलवार राति थप एक जनाको मृत्यु भएको हो । डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिए ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिर्पोट मंगलवार साँझ पोजेटिभ आएसँगै उनलाई आइसोलेसन ल्याउने क्रममा मृत्यु स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस