सिमा नाकाबाट नेपाल प्रवेशमा रोक, रोकिएन लागुऔषध ओहरदोहर

राजविराज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न सरकारले सप्तरीका सिमा नाकाबाट नेपाल प्रवेशमा रोक लगाएको छ । तर, लागुऔषधको ओहरदोहर भने अझै रोकिएको छैन् ।

पछिल्लो पटक सोमवार राति मात्रै लागुऔषधसहित दुई युवक जनालाई पक्राउ गरेपछि सो कुरा बाहिरिएको हो । प्रहरी चौकी देउरी सिमराका प्रहरी सहायक निरीक्षक गुदर प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट लागुऔषध ल्याउँदै गरेका दुवै युवकलाई नियन्त्रण लिएका हुन् ।

बोदे बरसाईन नगरपालिका–९ सिमराहास्थित साइकलमा सवार भएर लागुऔषध ल्याउँदै गरेका खडक नगरपालिका–२ का सिस्वावेल्हीका २४ वर्षीय संतोषकुमार मण्डल र सोही ठाउँका २१ वर्षीय प्रदिपकुमार मण्डललाई नियन्त्रण दिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नाइट्रोभेट ट्याबलेट ३१५ थान बरामद गरिएको छ । दुवै युवकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस