बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको मृत्यु

Butwal

जनकपुरधाम। रुपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको गए राति मृत्यु भएको छ ।

कपिलवस्तुका २५ तथा ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । दुवै जनालाई कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

जसमा गत साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल प्रवक्ता डा.गौतमले बताए ।

कपिलवस्तुका २५ वर्षीय युवालाई मंगलवार मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस