कोरोनाबाट विश्वभर २४ घण्टामा ४ हजार २६८ जनाको मृत्यु

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा ४ हजार २ सय ६८ जनाको मृत्यु भएको छ ।

यो अघिल्लो २४ घण्टाको भन्दा कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ७ सय १९ जनाको कोरोना संक्रमितबाट मृत्यु भएको थियो ।

२ सय १६ देशमा फैलिएको कोरोना संक्रमणका कारण हालसम्म ७ लाख ३२ हजार ४ सय ९९ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ करोड ९९ लाख ३६ हजार २ सय १० पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस