देशभरमा २४ घण्टामा ५८१ कोरोना संक्रमित थपिए, १६० जना डिस्चार्ज

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १७३ महिला र ४०८ पुरुष गरी ५८१ जना संक्रमित थपिएका हुन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ जना पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार हालसम्म डिस्चार्ज हुने दर ६४.२ प्रतिशत रहेको छ । देशभरमा १० हजार ६३९ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस