राजविराजका थप एक जनामा कोरोना संक्रमण पुष्टि, सप्तरीमा संक्रमितको संख्या ६७२ पुग्यो

राजविराज । सप्तरीमा सोमवार पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट सोमवार आएको १५ जनाको रिपोर्टमा १ जनामा पोजेटिभ देखिएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । राजविराज–७ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ६७२ जना पुगेको छ । जसमा सप्तरीमा हालसम्म ३ जनाको मृत्यु भएको छ भने ४५९ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस