एसइईको नतिजा सार्वजनिक (नतिजा यसरी हेर्न सकिन्छ)

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । सोमवार बसेको बोर्डको बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा उप–नियन्त्रक महेश्वर शर्माले जानकारी दिए ।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए । जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ । सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराइ आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । त्यही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलबाट सहमति लिएर परीक्षाफल प्रकाशित गरिएको छ ।

एसइईको नतिजा यसरी हेर्न सकिन्छः 

Author:



क्याटोगरी छान्‍नुहोस