महोत्तरीमा निषेधाज्ञा जारी, अत्यावश्यक पसलहरु ३ घण्टा मात्र सञ्चालन हुने

जनकपुरधाम, २ भदौ । महोत्तरीमा आजबाट १० दिनलागि निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्नलागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले गए राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा तिव्र रुपले कोभिड–१९को संक्रमण बढ्दै गइरहेकोले यसलाई रोकथाम तथा नियन्त्रणकालागि तत्काल थप सतर्कता अपनाउनुकोसाथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईकासाथ पालन गर्न गराउनका निम्ति निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

उनले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै अटेरी गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गरिने चेतावनी समेत दिए ।

उनका अनुसार भदौ १ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मकालागि निषेधाज्ञा जारी भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस