पर्सा र बारामा प्रहरीसहित ६६ जना कोरोना भाइरस संक्रमित थपिए

जनकपुरधाम। पर्सा र बाराका ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गए राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ७ जना प्रहरी रहेको डा. निरजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार १७ जना महिला र ४९ जना पुरुषमा संक्रमित देखिएका छन् । बहदुरबामाई नगरपालिकाका २५ जना, वीरगञ्ज महानगरपालिकाका ८ जना, छपकैयाका ५ जना रहेका छन् ।

यसैगरी बाराका प्रसौनी गाउँपालिकाका ४ जना, पिलुवाका ३, सिम्रौनगढ र कलैयाका १–१ गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ३८५ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस