सुनको मुल्य ह्वात्तै बढ्यो (यस्तो छ आजको मूल्य)

जनकपुरधाम । गत आइतबार र सोमबार घटेको सुनको मुल्य मंगलबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मुल्य तोलाको १ लाख ४ सय रुपैयाँ कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा मंगलवार एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले सुनको मुल्य बढेको हो । छापावाल सुन सोमवार तोलाको ९८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी, तेजाबी सुनको मुल्य पनि बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँ थियो । यसैगरी चाँदीको भाउ पनि एकै दिन तोलामा ६५ रुपैयाँले बढेको छ । सोमबार तोलाको १३ सय १५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर १३ सय ८० पुगेको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस