राष्ट्रिय झण्डा जलाउनेलाई कारवाहीको माग

जनकपुरधाम । एउटा भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्ट यतिवेला सामाजिक संजालमा छ्यापछ्यापी भएको छ । भदौ १ गते ‘मंगोल होप अफिसियल’ नामक यूट्युवमा च्यानलबाट सार्वजनिक भएको सो भिडियो गीतमा राष्ट्रिय झण्डा जलाइएको हो ।

देशको राष्ट्रिय झण्डा जलाउनेलाई कारवाही हुनुपर्ने माग सामाजिक संजालमा चर्को रुपमा उठन थालेको छ भने त्यस्तालाई के–कस्ता सजाय हुनसक्छ भन्ने विषय पनि धेरैको चासो बढेको छ ।

यस्तो छ कानूनी व्यवस्थाः

मुलुकी अपराध संहिताको दफा १५१ मा देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ भने राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ ।

सोही दफामा भनिएको छ,-‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने: (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन। (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस