सप्तरीमा भदौ १५ गतेसम्म लागि निषेधाज्ञा [सुचनासहित]

राजविराज । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सप्तरीमा जारी गरिएको निषेधाज्ञाको म्याद थप गरिएको छ । मंगलावर जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरिएको हो ।

यसअघि सप्तरीमा पहिलो पटक गत साउन २० गतेदेखि लागु हुने गरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो । सो अवधि सकिए लगत्तै पुनः गत साउन २६ गते निषेधाज्ञाको म्याद भई मंगलवार (भदौ २ गते) राति ११ बजे सकिँदैछ । सोहीसँगै पुनःम्याद थप गरी भदौ १५ गते राति ११ वजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अचार्यले जानकारी दिए ।

राजनैतिक दल, नागरिक समाज लगायत जिल्ला संकट ब्यवस्थापन केन्द्रको संयुक्त वैठकको सिफारिसबाट निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कार्यान्वयनमा प्राप्त भएको साथ र सहयोगप्रति सप्तरीवासीलाई धन्यवाद पनि दिएको छ भने आगामी दिनमा पनि कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको विपरित नहुने गरी घरमै वसेर सुरक्षित साथ मात्र मनाउन आग्रह गरेको छ ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने वयहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न–गराउन जानकारी गराईएको छ ।

अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

सुचना हेर्नुसः

सप्तरीमा जारी गरिएको निषेधाज्ञाको म्याद थप गरियो ।
Author:



क्याटोगरी छान्‍नुहोस