सप्तरीमा मंगलवार ११ जना कोरोना संक्रमित थपिए

राजविराज । सप्तरीमा मंगलबार पनि ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालाबाट मंगलबार आएको परिक्षण रिपोर्टबाट उनीहरु पोजेटिभ देखिएको हो ।

संक्रमित सबै हनुमाननगर कंकालिनी नगरपालिकाकै रहेको प्रमुख दुनीयालाल यादवले जानकारी दिए । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३१ वर्षीया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षीय पुरुष र २४, ३०, ३८ र ५० वर्षीया महिला तथा वडा नं. १० का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ६८३ पुगेको प्रमुख यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस