विश्वभर २४ घण्टामा २ लाख ६ हजारबढी कोरोना संक्रमित थपिए

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ४४० कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५० हजार २८५ कोरोना संक्रमित थपिएका थिए । यसैगरी, संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको छ ।

मृत्यु हुनेको संख्या ७ लाख ७१ हजारबढी

कोरोना भाइरस संक्रमणका विश्वभर कारण मृत्यु हुनेको संख्या सात लाख ७१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार २१६ देशमा फैलिएको संक्रमणले हालसम्म ७ लाख ७१ हजार ६३५ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

Author:



क्याटोगरी छान्‍नुहोस