कोरोना भाइरसः सप्तरीमा ४६१ निको भएर घर फर्किए

राजविराज । सप्तरीमा बुधवारम्म ४ सयबढी व्यक्ति कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार हालसम्म ४६१ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
सप्तरीको १८ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । संक्रमणका कारण हालसम्म तीन जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

१८ जना संक्रमित थपिए
सप्तरीमा १८ जना नयाँ संक्रमित थपिएका छन् । राजविराज नगरपालिकाका १६ र रुपनी गाउँपालिकाका २ गरी १८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनकाअनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट आएको परीक्षण रिपोर्टमा उनीहरु पोजेटिभ देखिएका हुन् । राजविराज ७ का १ पुरुष, वडा नम्वर ६ का ४ पुरुष र ३ महिला, वडा नम्वर १ का ३ पुरुष, वडा नम्वर २ का ३ पुरुष, वडा नं. ४ का १ पुरुष र १ महिला तथा रुपनी ४ र ६ का एक–एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७०१ जना पुगेको कार्यालयले जनाएको छ ।

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस