भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन, प्रधानमन्त्री मोदीद्वारा गहिरो दुःख व्यक्त

जनकपुरधाम । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमवार साँझ ८४ वर्षको उमेरमा निधन भएको छ । विरामी भएर उनी दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना थिए ।

केही दिनअघि उनी कोरोना पोजेटिभ पनि भएका थिए । मुखर्जीको उपचारका क्रममा निधन भएको उनका छोरा अभिजीत मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

‘आजतक’को अनलाइन संस्करणमा उल्लेखअनुसार केही समयअघि मुखर्जीको ब्रेन सर्जरी पनि गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि १० अगस्तका दिन दिल्लीस्थित आरआर अस्पतालमा भर्ना गरिएको थियो । उनको मस्तिष्कमा रगत जमेका कारण सर्जरी गरिएको थियो । सोही बेला नै उनी कोरोना पोजेटिभ पाइएको थियो ।
सन् २०१२ मा भारतका राष्ट्रपति बनेका उनी २०१७ सम्म राष्ट्रपति रहे । सन् २०१९ मा मुखर्जीलाई भारत रत्नबाट सम्मानित समेत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रद्धाञ्जली व्यक्त

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले मुखर्जीको निधनप्रति गहिरो दुःख व्यक्त गरे । मुखर्जीको निधनले देश नै दुःखी भएको मोदीले ट्वीटमार्फत लेखेका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस