देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसहित हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४५ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १२ हजार ४७३ को पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस