किराना पसलमा पेस्तोलको कारोबार !

लहान । सिरहाको मिर्चैया नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । वडा नम्वर ५ का १९ वर्षीय ज्ञानुकुमार मण्डल, वडा नम्वर ६ का १९ वर्षकै अजय शर्मा र वडा नम्वर ५ कै किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पक्राउ गरिएको हो ।
गए राति चेकजाँच गर्ने क्रममा को ३५ प ४०१३ नम्वरको मोटरसाईकलमा सवार भइ गइरहेका मण्डल र शर्माको साथबाट नलकटुवा पस्तोल बरामद भएको थियो । उनीहरुकै बयानको आधारमा साहलाई पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले जानकारी दिए ।

साहकै पसलबाट नलकटुवा पेस्तोल लिएको उनीहरुले बयान लिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस