कोरोना भाइरसः भारतमा ८६ हजारसहित विश्वमा २ लाख ९६ हजार संक्रमित थपिए

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ९६ हजारबढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संंगठनका अनुसार २४ घण्टामा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित थपिएका हुन् ।

योसहित संक्रमितको संख्या २ करोड ६४ लाख ६८ हजार ३१ पुगेको छ । यसैगरी, २४ घण्टाकै विश्वमा ६ हजार २७ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ । कोरोनाबाट हालसम्म ८ लाख ७१ हजार १६६ संक्रमितको ज्यान गइसकेको छ ।

भारतमा मात्रै ८६ हजार ४३२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ संक्रमित थपिएका छन् ।

यसअघि दुईदिन पहिला ८३ हजार ८८३ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म संक्रमितको संख्या ४० लाख २३ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ५६१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस