मिथिलाञ्‍चली मैथिली टेलिसिरियलको प्रसारण सुरु

जनकपुरधाम । विजयलक्ष्मी मिडिया फाउन्डेसनद्वारा निर्मित मिथिलाञ्‍चली मैथिली टेलिसिरियलको प्रसारण सुरु भएको छ । जनकपुरमा बुधबार प्रिमियर शो प्रसारण गरी यही शुक्रबारबाट डिशहोमको च्यानल ११९ भोजपुरी म्याजिकमा हरेक शुक्रबार बेलुका ८ बजे प्रसारण हुने गरी प्रसारण सुरु भएको हो ।

प्रिमियर शो विजयलक्ष्मी मिडिया फाउन्डेसनका अध्यक्ष एवं मिथिलाञ्‍चली सिरियलका निर्देशक सन्‍तोष लालदासको अध्यक्षता तथा प्रदेश २ का आन्तिरिक मामिला एवं कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा औरही गाउँपालिका २, देउरी परबाहामा सामाजिक दूरी कायम गरी आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि, प्रदेश २ का आन्तिरिक मामिला एवं कानुनमन्त्री ज्ञानेन्द्र यादवले विजयलक्ष्मी मिडिया फाउन्डेसनद्वारा बनिरहेको यो मैथिली सिरियलमा प्रदेश २ सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस