रसायनिक मलमा मनलाग्दी रकम असुली

२०७७ भदौ २५
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा मल खाद्य विक्रेताले किसानसँग मनलाग्दी रकम असुल गर्ने गरेको पाइएको छ । प्रतिकिलो २० रुपैयाँ पर्ने युरिया मलको मल खाद्य विक्रेताले ४५ रुपैयाँसम्ममा असुल गर्ने गरेको खुलेको हो ।

‘किसानको समस्या वुझ्ने कोही भएन्’ वडा नम्वर ८ का किसान बच्चु सरबरियाले भने–‘सहुलियतमा आएको रसायनिक मलमा पनि चरम कालोबजारी भइरहदा पनि कसैले चासो नै दिँदैनन् ।’ उनले निर्धारित मुल्यमा मल उपलब्ध गराउन विक्रेतलाई पटक पटक आग्रह गर्दा पनि अटेरी कायमै रहेको गुनासो गरे । ‘२० रुपैयाँ पर्ने युरिया मल ४५ रुपैयाँसम्म लिएर मात्रै दिन्छन्’ उनले भने–‘मुल्यको विषयमा मनोज मल खाद्य बिक्री केन्द्रका विक्रेता मनोज साहसँग कुरा गर्दा उल्टैे नगरपालिकामा गएर उजुरी गर्नु भन्दै थर्काए ।’

बाध्य भएर खरिद गर्नु परेको किसानहरुको भनाई छ । उनीहरुले रसायनिक मलमा भइरहेको कालोबजारीको विषयमा नगरपालिकामा जनकारी समेत गराएको बताए । यद्यपी, बजार अनुगमनको कुरा त परै जाओस् स्थानिय सरकारले बास्तविकता वुझ्ने प्रयाससम्म नगरेको उनीहरुको गुनासो छ ।

नगरपालिकाको कृषि शाखाले रसायिनिक मलको दररेट निर्धारण नगरेको पनि होइन् । दररेटअनुसार युरिया प्रति बोरा ८ सय रुपैयाँ (५० केजी) र डिएपी प्रति बोरा २ हजार २७५ मा बिक्री गर्नुपर्ने हुन्छ । तर, कृषि शाखाकै मिलोमलोमा दुईदेखि तीन गुणाबढी मुल्य लिएर विक्री गर्दै आएको किसानहरुले आरोप समेत लगाउदै आएका छन् ।

उता, नगर प्रमुख वसन्त कुमार मिश्रले मिलोमतोको कुनै कुरा नरहेको प्रतिक्रिया दिए । ‘कालोबजारी नहुनु पर्ने हो, हामी अनुगमन गर्ने तयारीमा गरेका छौं’ उनले भने–‘त्यसो गरेको पाइए कालोबजारीमा संलग्नलाई कारवाही हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस