सिरहा कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना संक्रमण

२०७७ भदौ २५
सिरहा । सिराहा कारागारमा ५९ कैदीबन्दीसहित ६६ जना कोरोना भाइरस (कोभिड–९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सिराहाकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा पोजेटिभ देखिएको छ ।

कारागारका सवै संक्रमित पुरुष रहेको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यसैगरी, चोहर्वास्थित शेरगण नेपाली सेनाका सातको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना महिला रहेको प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस