सप्तरीमा स्थानिय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० कोरोना संक्रमित थपिए

२०७७ भदौ २६
राजविराज । सप्तरीमा आज एक स्थानिय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना महिला रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार ३९ वर्षीय निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना नयाँ संक्रमित थपिएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजविराज नगरपालिका–३ निवासी हुन् । उनकै परिवारका ७० वर्षीय पुरुष र ३८ र ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

यसैगरी, तिलाठी कोईलाडी गाउँपालिकाका छ जनामा संक्रमण देखिएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । सप्तरीमा कुल १ हजार ३ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ६९५ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस