ठुलो परिमाणमा मदिरा बरामद

२०७७ भदौ २६
राजविराज । सप्तरीबाट आज ठुलो परिमाणमा मदिरा बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हनुमाननगर र प्रहरी चौकी को.बरसाईनको संयुक्त टोली सो मदिरा बरामद गरेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला स्थित लुकाई छिपाई राखिएको २४४ कार्टुन दिलवाले नामक मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो मदिरा भन्सार कार्यालयमा वुझाउने तयारी भइरहेको जनाएको छ ।

यसैगरी, जिल्लाको विभिन्न स्थानका ७ वटा भट्टीबाट पनि अवैध मदिरासहित मदिरा बनाउन प्रयोग गरिने भाँडाकुडा नियन्त्रणमा लिइएको छ ।

सो भट्टीहरुबाट १५ लिटर तयार मदिरा, ६ सय लिटर कच्चा पदार्थ, २५ वटा प्लाष्टिकको भाँडा, ५ वटा अल्मुनियमको भाँडा, ३ वटा माटोको भाडाँ र एउटा मेसिन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस