भारतमा पछिल्लो २४ घण्टामा ९६ हजारमा कोरोना संक्रमण

जनकपुरधाम । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा पनि ९६ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो २४ घण्टामा ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका थिए । यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २०९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म ४५ लाख ६२ हजार ४१४ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार २७१ पुगेको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ ।

लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस