प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा हुने सम्भावना

जनकपुरधाम । मौसम पूर्वानुमान महाशाखाले आज (शनिवार) प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।

साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस