मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका यी ५ स्यानीटाइजर !

२०७७ भदौ २७
जनकपुरधाम । नेपालका ५ वटा कम्पनीलाई ह्यान्ड स्यानीटाइजर उत्पादनमा प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालको रसायनबाट निर्मित ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै उत्पादनमा प्रतिबन्ध लगाएको हो ।

विभागले आज (शनिवार) सुचना जारी गर्दै सो ह्यान्ड स्यानीटाइजर प्रयोग नगर्न सर्वसाधारणहरुलाई आग्रह पनि गरेको छ ।

विभागका अनुसार भक्तपुरका नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री प्रा.लि, सर्च केमकम हर्बल प्रोडक्ट र काठमाडौंकै सूर्यमुखी हर्बल प्रोडक्टसले बजारमा बिक्री गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उप्पादनमा प्रतिबन्ध लगाएको हो ।

सुचना हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस