दलितमाथि भइरहेको अत्याचार विरुद्ध कतारमा विरोधसभा

२०७७ भदौ २७
रामएकवाल राम

दोहा (कतार) । नेपालमा दलित समुदायमाथि भईरहेको अन्याय-अत्याचार घटना प्रति प्रवास दोहा कतारस्थित सल्हेश एकता मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सोही विषयमा शुक्रवार दोहा कतारको ग्राण्ड मल्लमा विभिन्न कम्पनीमा कार्यरत दर्जनौं दलित श्रमिकहरुद्वारा विरोध तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमकका प्रमुख अतिथी मञ्च नेपालको अध्यक्ष दुर्गानन्द पासवाने पछिल्लो चरणमा देशको विभिन्न जिल्लामा दलितहरूमाथी जातीय छुवाछूत, विभेद हत्या हिंसाको घटनाहरु भइरहदा पनि सरकारले नियन्त्रणमा पहल नगरेको गुनासो पोखे । ‘देशमा तीन तहका सरकार छन, तर दलितमाथि अन्याय अत्याचारका घटना रोकिएको छैन्’ उनले भने–‘यसले प्रष्ट हुन्छ सरकारले नियन्त्रणमा पहल गरेकै छैन् ।’

उनले यस्ता घटना नियन्त्रण गर्न संघर्ष जरुरी रहेको बताए । देशमा दुई दर्ज भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएकोप्रति दुःख व्यक्त गर्दै उनले कार्यक्रममा सहभागी सम्पूर्ण दलित समुदायका श्रमिकहरुलाई सचेत पार्दै मृतक आत्माको चिर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रमको अध्यक्ष एवम् संस्थाको सदस्य रामउदगार रामले देशमा निरन्तर दलितहरुमाथि भइरहेको योजनावद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरे । उनीहरुले लहान नगरपालिका–१ कृष्णटोल मटियर्वाका रोशन राम, सप्तरीका त्रिभुवन राम र सुक्देव मण्डल, विराटनगरका राकेश ऋषिदेव, धनुषाका राजुु सदा, शम्भु सदा, रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा,विजय कुमार राम, जाजरकोटका नवराज विक, रुपन्देहीका अंगिरा पासी, कैलालीका रोशन विक लगायत मृतकलाई सहिद घोषणा गर्नुपर्नेमा माग गरे ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले ती घटनाहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग समेन गरेको मञ्चका सदस्य संजय कुमार पासवानले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस