नेपालमा १ हजार २०२ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ ।

आजसम्म ५३ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना छन् भने ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको मन्त्रालयको तथ्यांक छ । कोरोना संक्रमणमुक्त हुने तर ७०.६ प्रतिशत रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस