समुदायलाई सचेत पार्न दलित जनजागरण अभियान सुरु

२०७७ भदौ २७
सप्तरी । दलित संघर्ष समिति सप्तरीले दलित समुदायलाई सचेत पार्न दलित जनजागरण अभियान सुरु गरेको छ । कञ्चनरुप नगरपालिका वडा नम्वर ११ ठेलियामा शनिवार आयोजना गरिएको एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गरिएको छ ।

स्थानिय जेष्ठ नागरिक जुरी सरदारको अध्यक्षता तथा प्रथमलाल रामको प्रमुख आतिथ्य र राजेश विद्रोहीको विशिष्ट अतिथ्यमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा रामसुफल सदा, गंगा सदा, बद्री सदा, श्याम सरदार, चन्द्रनारायण राम लगायतको उपस्थिती थियो ।

जिल्लाको पूर्वबाट सुरु गरिएको अभियान विभिन्न स्थानिय तह हुँदै पश्चिमको सुरुंगा नगरपालिकामा समापन गरिने जनाएको छ । मुलुकमा विभिन्न ठाउँमा दलितमाथि भइरहेको योजनावद्ध दलितहरूको हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधहरुबाट सचेत हुन् र जातिय रुपमा छरिएर रहेका दलितहरुलाई एक ठाउँमा संगठित गर्ने लक्ष्य रहेको कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस