प्रयोग गर्न नहुने यी ४ वटा स्यानिटाइजर

जनकपुरधाम । औषधि व्यवस्था विभागले आज थप ४ वटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्री वितरणमा प्रतिवन्धमा लगाएको छ ।

चीनको ग्वाङझाउ स्थित ओपाकेल नन–वासिङ एन्टिबेक्टेरियल सोलुसन, ललितपुर सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर, भारतको गुजरात स्थित आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौंस्थित श्रीनाथ हर्बलको युनिकेयर इण्सट्याण्ट ह्यान्ड स्यानिटाइजरलाई विक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।

यी कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । स्यानिटाइजर उत्पादनको मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई सूचना मार्फत आग्रह गरेको हो ।

यसअघि भदौ २७ गते पनि विभागले भक्तपुरका नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री प्रा.लि, सर्च केमकम हर्बल प्रोडक्ट र काठमाडौंकै सूर्यमुखी हर्बल प्रोडक्टसले बजारमा बिक्री गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उप्पादनमा प्रतिबन्ध लगाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस