पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना संक्रमण

२०७७ भदौ ३१
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा थपिएकासहित देशभर कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । यसैगरी, २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस