देशभर १ हजार २४६ कोरोना संक्रमित थपिदा १ हजार २४३ डिस्चार्ज

२०७७ असोज १ गते
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार २४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस