सप्तरीमा चिकित्सक, प्रहरी र नेपाली सेनासहित ५३ कोरोना संक्रमित थपिए

२०७७ असोज १ गते
राजविराज । सप्तरीमा आज (विहिवार) ३८ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयकाअनुसार संक्रमितमध्ये एक चिकित्सक र एक जना नेपाली सेना पनि छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका ३ महिला र ३५ पुरुष प्रहरी, गजेन्द्रनारायण सिंह अस्पतालका १ चिकित्सक र भिमदल गण भलुवाही ब्यारेकका १ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी, राजविराज वडा नम्वर ११ का ३ जना र वडा नम्बर ३ मा १ जना, सुरुङ्गा नगरपालिका, विष्णुपुर र महादेवा गाउँपालिकामा १/१ जना, कञ्चनरुप नगरपालिकामा ५ जना संक्रमित थपिएका छन् ।

योसहित सप्तरीमा संक्रमितको संख्या ११ सय ४३ जना पुगेको छ । जसमा ७५० जना डिस्चार्ज भएका छन् । हालसम्म सप्तरीमा कोरोनाबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस