भारतमा २४ घण्टामा ९७ हजार कोरोना संक्रमित

corona in india

२०७७ असोज २ गते
जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ८९४ संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । पाँच दिन अगाडि ९७ हजार ५७० संक्रमित भेटिएका थिए ।

त्यसलाई पनि उछिन्दै पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ संक्रमितको पहिचान भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । ९७ हजार ८९४ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो ।

अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५१ लाख १८ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तथ्यांक अनुसार ८३ हजार १९८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस