बलान नदी नियन्त्रणतर्फ प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री राउत

२०७७ असोज २
उमेशकुमार साह

बोदे बरसाईन । बलान नदीले सप्तरीमा वर्षेनी उत्पन्न हुने समस्या समाधानकालागि प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराइएको छ । जनता समाजवादी पार्टीका नेता अनिरुद्ध प्रसाद सिंहको नेतृत्वमा पार्टीआवद्ध नेता–कार्यकर्ता तथा समाजसेवीहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

नदीको बाढीले वर्षेनी बलान बिहुल गाउँपालिकाका हजारौं सर्वसाधारणलाई समस्या हुँदै आएको छ भने लाखौंको खेतीयोग्यो जग्गा कटान हुँदै आएको छ । यद्यपी, समस्या समाधानप्रति सरोकारबालाहरु उदासिन रहेको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको नेता सिंहले मधेश लाइभले बताए ।

सोही क्रममा मुख्यमन्त्री लालबाबु राउत र भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलसँग पनि भेटघाट गरी समस्या समाधानमा ध्यान पुर्याउन आग्रह गरिएको छ । भेटघाटमै मुख्यमन्त्री राउतबाट नदी नियन्त्रणतर्फ प्रदेश सरकार गम्भीर रहेकाले तत्कालै पहल गर्ने आश्वासन पाएको नेता सिंहले बताए ।

पार्टीका नेता दिनेश यादव, बलान बिहुल गाउँपालिका वडा नं १ र ३ वडाध्यक्ष लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस