सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्या प्रकरण: दुई आरोपी पक्राउ

२०७७ असोज ०२ गते
राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिकामा सामूहिक बलात्कारपछि आत्महत्या प्रकरणका दुई जना आरोपीहरु पक्राउ परेका छन् । गए (विहिवार) राति प्रहरीले उनीहरुलाई जिल्लाको पश्चिमी क्षेत्रबाट पक्राउ गरेको हो ।

ओरोपीहरुलाई खोजी गर्ने क्रममा डाकनेश्वरी नगरपालिका–७ का चार जनामध्ये १८ वर्षीय रंजित भनिने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भनिने सुमन कुमार मण्डललाई पक्राउ गरेको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

फरार रहेका आरोपीहरु ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डलको पनि खोजी कार्य भइरहेको एसपी धमलाले बताए ।

गत सोमवार विहान १७ वर्षीया संंगीता मण्डल सामूहिक बलात्कारमा परेपछि गाउँमा ‘पञ्चायती’ बसेर आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ गरी उजुरी गर्न रोक लगाएका ३ जना पञ्चहरुलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो ।

पञ्चहरु जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डलले उजुरी गर्न रोक लगाएका कारण सोही नगरपालिका वडा नम्वर ७ ललितपुर टोलकी पीडित संगीताले पीडा सहन नसकी गत मंगलवार आत्महत्या गरेकी थिइन् ।

तीनै जना पञ्चसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजुरी दिन रोक लगाएपछि बलात्कृत वालिकाद्वारा आत्महत्या

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780